जहदा गाउँपालिका– ४, मोरङका २४ वर्षीय लक्ष्मण राजवंशीले बेहुली ‘अस्वीकार’ गरेर विवाह मण्डपबाटै फर्केका छन् । विवाहको कार्यक्रम चलिरहेका बेला उनले दाइजोबापत मोटरसाइकल, सुनको सिक्री र डाइनिङ टेबल मागेका थिए । मागेका सामान नपाएपछि बेहुलीलाई मण्डपमै छोडेर राजवंशी हिँडेका थिए ।
जन्ती पनि उनीसँगै त्यत्तिकै फर्किएका थिए । बेहुली पक्षको उजुरीका आधारमा राजवंशीलाई जहदा– ४ बाटै पक्राउ गरिएको जिल्ला प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए ।
अभियुक्तविरुद्ध मुलुकी अपराध ऐन, २०७४ अन्तर्गतको विवाहसम्बन्धी कसुरमा मुद्दा चलाउन बिहीबार अदालतबाट म्याद थप गरिएको खबर किशोर बुढाथोकीको बाइलाइनमा शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।