भारतमा भारतीय जनता पार्टी (भाजपा) को जितले अहिले अन्तर्रा्ष्ट्रिय सम्बन्धलाई लिएर विभिन्न बहस सुरु भएको छ ।
भाजपाका नेता नरेन्द्र मोदी दोस्रो पाँच वर्षका लागि प्रधानमन्त्रीका रूपमा आउन लागेको भन्दै छिमेकी राष्ट्रसँग भारतको कस्तो सम्बन्ध हुने विश्लेषण हुन थालेका छन् । भाजपा हिन्दू ‘राष्ट्रवादी’ पार्टी भएकाले त्यसको प्रभाव अन्य छिमेकी राष्ट्रमा पर्ने आँकलन भइरहेको छ भने अर्को्तिर भारतले कस्तो अर्थनीति लिने हो, त्यसको बारेमा पनि बहस सुरु भएको छ ।
यद्यपि विगत डेढ वर्षमा नेपाल–भारतको बीचमा निकै राम्रो सम्बन्ध सुधार भएको त्यहाँकी विदेशमन्त्री सुषमा स्वराजले नै बताएकी छन् । विश्वको अर्थराजनीतिको प्रतिस्पर्धामा चीन, अमेरिका, जापानलगायत देशसँगको दौडमा भारतले आफूलाई पनि उभ्याएको छ । आउने दिनमा यी देशहरुसँग उसको के सम्बन्ध रहन्छ, त्यसको बारेमा पनि विश्लेषणहरु सुरु भएका छन् ।
भारत नेपालको सबभन्दा नजिकको छिमेकी देश भएको हुनाले उसले लिने नीतिले नेपाललाई प्रभाव पार्न सक्ने विश्लेषकहरुले बताएको खबर सुरेशकुमार यादवको बाइलाइनमा शनिबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।