नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ‘प्रतिबन्धित’ नेपाल कम्युनिस्ट पार्टीले नेपाली सेनाका एक जवानलाई अपहरण गरेको छ । सेना अपहरणको उक्त घटनालाई विप्लवको नेकपा र नेपाली सेना (सरकार) दुवै तर्फबाट एक महिनासम्म गुपचुप राखिएको छ ।
रुपन्देहीको सैनामैनास्थित सेनाको श्री नम्बर २ तालिम गणमा तालिमरत सैनिक जवान सुरेन्द्रबहादुर शाहीलाई वैशाख १६ मा विप्लव नेकपाका कार्यकर्ताले अपहरण गरेका थिए । छुट्टीमा घर गएका शाहीलाई विप्लव नेकपाले जुनीचाँदे गाउँपालिका– २, जाजरकोटस्थित आफ्नै घरबाट अपहरण गरेको हो ।
सैनिक जवान शाहीका बाबु वीरबहादुर कांग्रेसका तर्फबाट सोही वडाका अध्यक्ष हुन् । अपहरणको यो घटना वैशाख १६ गतेको हो । अपहरणलगत्तै शाहीलाई विप्लव नेकपाले अज्ञातस्थलतर्फ लगेको खबर शम्भु कट्टेलको बाइलाइनमा आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।
तर, विप्लव नेकपाले भने यो समाचारलाई गलत भन्दै खण्डन गरेको छ । हेर्नोस् विस्तृतमा–
नेकपा र सेनालाई उत्तेजित पार्ने दुर्नियतपूर्ण समाचारको खण्डन