ललितानिवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिनामा प्रधानमन्त्रीदेखि खरिदारसम्म दोषी रहेको बयान मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख मालपोत अधिकृत कलाधर देउजाले दिएका छन् ।
ललितानिवासको जग्गा हिनामिनासम्बन्धमा अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष सो जग्गा हिनामिना प्रकरणमा मालपोतका कार्यालय प्रमुखको मात्रै संलग्नता देखाएर अरुलाई उन्मुक्ति दिन खोजिएकोप्रति संकेत गर्दै उनले यस्तो बताएका हुन् ।
‘मन्त्रिपरिषद्, मुख्य सचिव, मन्त्रालयका सचिव, भूमिसुधार विभाग हुँदै मालपोत कार्यालयमा आएका कागजात सदर गरेर ललितानिवासको जग्गा सुवर्णशमशेरका भोगाधिकारीलाई दिइएको हो ।’ २०४९ मा प्रमुख मालपोत अधिकृत रहेका देउजाको भनाई उद्धृत गर्दै अख्तियारको उच्च स्रोतले भन्यो– ‘मालपोतको मात्रै निर्णयले जग्गा हड्पिइयो भनेर स्थापित गराउन खोजिएको छ, यो सरासर गलत हो ।’
बहुचर्चित बालुवाटार जग्गाकाण्डसम्बन्धी यो खबर मातृका दाहालको बाइलाइनमा आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।