newskoseli.Com

जागिरेको तलब २० प्रतिशत बढ्ने, वृद्धभत्ता चाहिँ ५ सय थपिने !

नेकपा नेतृत्वको वर्तमान सरकारले पार्टीको चुनावी घोषणापत्रमा गरेको ‘वाचा अनुसार’ आगामी आर्थिक वर्षको बजेटमार्फत सामाजिक सुरक्षा भत्तामा कम्तिमा पाँच सय रुपैयाँ बढाउने तयारी गरेको छ ।

प्रतिनिधिसभासहित तीन तहको निर्वाचनका बेला नेकपाले जनतामाझ लगेको घोषणापत्रमा सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्‍याउने आश्वासन दिएको थियो । चुनावमा बहुमत ल्याउन नेकपालाई यो आश्वासनले ठूलै सहयोग पुगेको चर्चा चले पनि गत वर्षको बजेटमा भत्ता नबढाउँदा सरकारको आलोचना भएको थियो ।

केही समयदेखि कर्मचारी संगठनहरुले तलब र भत्ता बढाउन अर्थमन्त्री खतिवडालाई दबाब दिँदै आएका छन् । अर्थमन्त्रीसँगको छलफलमा उनीहरु २० प्रतिशत बढाउने कुरामा सहमत भएको सम्बद्ध अधिकारीले बताएको खबर बालकृष्ण ज्ञवालीको बाइलाइनमा सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर