newskoseli.Com

‘डाक्टर बनाउने सोच थियो, छोरो त खरानी पो भएछ’ : विष्फोटमा ज्यान गुमेका प्रज्वलका बुबा

‘मनमा ठूलो आशा र भरोसा मानेर छोरामा लगानी गरें । डाक्टर बनाउने सोच थियो । तर, डाक्टर होइन, अनुहार नै देख्न नपाई छोरो त खरानी पो भएछ ।’ यो भनाइ हो– जयपृथ्वी नगरपालिका– १, कैलासका विजय शाहीको ।

आइतबार बेलुका काठमाडौंको घट्टेकुलोस्थित कोठा (डेरा) मा टाइम बम पड्केर २५ वर्षीय प्रज्वल शाहीको मृत्यु भएको थियो । उनको मृत्युले अहिले शाही परिवारमा निकै पीडा र छट्पटी भएको छ । ‘गरिबीको मार खेपिरहेको छु, भएको सम्पत्ति डिक–बन्धकी राखेर साहुको ऋण सापट मागें । ठूलो सपना बोकेर छोरालाई एचए (हेल्थ असिस्टेन्ट) पढाउन १६ लाख खर्च गरें । अब कसरी, कहाँबाट तिर्ने हो ? आफू पनि गयो, हामीलाई पनि ऋणमा डुबायो’– उनले भने ।

विजय शाहीले प्रज्वलको सहारामा दुई छोरी, अर्का एक छोरा र एक साला गरी चार जनालाई काठमाडौंमा पढाउन सँगै पठाएका थिए । ‘के छ छोरा खबर भनेर सोध्दा लोकसेवाको तयारी गरिरहेको छु, सानो काम पनि गर्छु भन्थ्यो । पन्ध्र महिनादेखि घरबाट एक रुपैयाँ पनि मागेको थिएन,’ शाहीले भक्कानिँदै भने– ‘बम विस्फोटमा परेर छोराको मृत्यु भएको खबर रेडियो र गाउँलेबाट थाहा पाएँ । अरु चार जनाको अवस्था के भयो होला, बुझन पाए हुन्थ्यो । काठमाडौं म जान सक्दिनँ ।’

एउटा विडम्बनापूर्ण एवं दुःखद् खबर जगत खड्काको बाइलाइनमा मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर