newskoseli.Com

वडाध्यक्षको काम गर्न सांसदहरूको मरिहत्ते !

बुधबार (आज) संघीय संसदमा बजेट प्रस्तुत हुँदैछ । वितरणमुखी बजेट आउने चर्चा भइरहेका बेला बजेटका धेरै पाटामध्ये सांसदले आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न कति रकम पाउँछन् भन्ने एउटा विषय पनि आम चासोको कुरा बनेको छ ।

आफ्नो निर्वाचन क्षेत्रका लागि ४ करोड रुपियाँ लिइरहेका सांसदहरुले यो बजेटमा अझ बढाएर रकम पाउनुपर्ने माग गरिरहेका छन् । सांसदलाई वितरण गरिएको यस अघिको रकमको सदुपयोग नभएको गुनासो आइरहेका बेला स्थानीय निकायका जनप्रतिनिधिले समेत नीति–नियम बनाउने सांसदलाई विकास बजेट दिनु नहुने बताएका छन् ।

आवश्यकता अनुसार स्थानीय तहलाई नै विकास बजेट बढाउनुपर्ने भन्दै ती जनप्रतिनिधिले वडा अध्यक्षले गर्ने काम गर्न विधायकहरु किन मरिहत्ते गर्छन् भनी अचम्म समेत मानिरहेको खबर रामकृष्ण चापागाईंको बाइलाइनमा बुधबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर