newskoseli.Com

जुम्लामा बसेर काठमाडौंमा ठगी : डेरावाल लुट्न पनि फेसबुककै दुरुपयोग

रौतहटका जितेन्द्रकुमार गुप्ता काठमाडौंमा बीबीए अध्ययन गर्दै थिए । बस्न राम्रो डेरा धेरै समयसम्म आफैं खोजे तर कतै पाएनन् ।

उनले फेसबुकमा एउटा पेज फेला पारे । ‘रुम एन्ड फ्ल्याट अल रेट इन काठमाडौं’ नाम दिइएको उक्त पेज खोलेर गुप्ताले हेरे । पेजमा राजधानीका थुप्रै घर र खालि कोठाको फोटो समेत पोस्ट गरिएका थिए । दुइटा मोबाइल नम्बर देखेपछि गुप्ताले एउटामा फोन गरे । भोजपुर घर भई हाल जुम्लामा बस्ने रामचन्द्र भट्टराईले फोन उठाए । गुप्ता गफिन थाले ।

‘हाम्रो अफिस बसुन्धरामा छ, डेरा खोज्न कार्यालयमै आउनुभयो भने ५ सय रुपैयाँ थप चार्ज लाग्छ, होइन भने २ हजार ५ सय रुपैयाँ लाग्छ,’ भट्टराईको भनाई उद्धृत गर्दै गुप्ताले भने– ‘मैले कार्यालय जानुभन्दा सोझै पैसा तिर्नु सजिलो उपाय ठानें र पैसा तिर्ने निधो गरें ।’

गुप्ताले बैंकबाट भट्टराईको ई–सेवाको खातामा पैसा पठाए । पैसा पठाएको केही मिनेटमै भट्टराई फोन सम्पर्कविहीन भए । लगत्तै उनले फेसबुक र फोन दुवैमा गुप्तालाई ब्लक गरेको खबर सुवास गोतामेको बाइलाइनमा बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर