newskoseli.Com

बहुचर्चित चुनबाङ बैठकस्थल : जहाँबाट ‘शान्ति’ को बिगुल बज्यो !

सशस्त्र द्वन्द्वको उत्तरार्द्धताका चर्चामा आएको थियो– पूर्वी रूकुमको चुनबाङ । तत्कालीन माओवादीले यही गाउँमा भएको बैठकबाट सशस्त्र द्वन्द्व छाडी शान्तिपूर्ण राजनीतिमा अवतरण गर्ने निर्णय गरेको थियो । लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि संसदवादी दलहरूसँग सहकार्य गर्न माओवादी यहींबाट अग्रसर भएको थियो ।

त्यसको दशक नाघ्दै गर्दा यो ठाउँ ओझेलमा परेको छ । यहाँ युद्ध संग्रहालय बनाइए पनि सरोकारवालाले यसको संरक्षणमा त्यति चासो दिएका छैनन् । माओवादीका तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू बसेको घर र बैठकस्थललाई २०७३ पुस ९ मा युद्ध संग्रहालयका रूपमा उदघाटन गरेका थिए ।

संग्रहालयमा ऐतिहासिक दस्तावेज, युद्ध सामग्री, सहिदस्तम्भलगायतका संरचना बनाउने योजना अधुरै छ । नेकपाले यसको विकासमा ध्यान नदिने हो कि भन्ने स्थानीयको चिन्ता छ ।

‘बैठकताका यही घरमा प्रचण्ड बसेका थिए’– स्थानीय ६८ वर्षीय यज्ञ वलीले घर देखाउँदै भने । यही घरमा नमूना हतियार राखिएको छ । बैठक बसेको एकतले फुसको छानो भएको घरलाई संरक्षण गर्न टिनको टहरो हालिएको खबर खेमबहादुर बुढाको बाइलाइनमा प्रकाशित बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर