newskoseli.Com

रुसको भ्रमण गर्दै चिनियाँ राष्ट्रपति, आर्थिक मञ्चलाई सम्बोधन गर्ने

चीनका राष्ट्रपति सी चिनफिङले जुन ५ देखि ७ सम्म रुसको भ्रमण गर्ने भएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणमा राष्ट्रपति सीले रुसको भ्रमण गर्न लागेको घोषणा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले गरेका छन् ।

राष्ट्रपति सीले रुसमा रहँदा २३औं सेन्ट पिटर्सवर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चको बैठकलाई सम्बोधन गर्ने पनि प्रवक्ता लु काङले बताए । दुवै नेताबीच द्वीपक्षीय सम्बन्धका साथै अन्तर्राष्ट्रिय मामिलाका बारेमा छलफल हुने जानकारी समेत काङले दिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर