newskoseli.Com

नक्कली मदिरा सेवन गर्दा १७ जनाको मृत्यु !

नक्कली मदिरा सेवन गरेका कारण भारतको उत्तर प्रदेशमा १७ जनाको मृत्यु हुनुका साथै ४० जना सिकिस्त बिरामी भई उपचाररत रहेको जानकारी अधिकारीहरुले बुधबार दिएका छन् ।

उत्तर प्रदेशको राजधानी लखनउबाट करिव ५८ किलोमिटर पूर्वको बाराबंकी जिल्लास्थित रामनगर क्षेत्रमा उक्त घटना भएको हो । नक्कली मदिरा सेवन गरेका कारण ६ जनाको मृत्यु भएको रामनगर प्रहरी चौकीमा कार्यरत एक प्रहरी अधिकारीले मंगलबार जनाएका थिए । तर, बुधबार सो सङ्ख्या बढेर १७ पुगेको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

मदिरा सेवनका कारण १२ जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरूले मंगलबार नै बताएका थिए । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले समेत मंगलबार नै घटनाप्रति दुःख प्रकट गर्दै बिरामीको उपचारमा सक्दो सहयोग गर्न स्थानीय प्रशासनलाई आदेश दिएका थिए ।

सन् २०११ को डिसेम्बरमा पनि नक्कली मदिरा सेवनका कारण पश्चिम बङ्गालमा १ सय ७२ जनाको ज्यान गएको थियो । भारतका उत्तर प्रदेश, आसाम, उत्तराखण्ड, बिहार र पश्चिम बंङ्गाल लगायतका राज्यमा प्रचलनमा रहेको हानिकारक घरेलु मदिरा सेवनले वर्सेनि धेरैको ज्यान जाने गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर