newskoseli.Com

अनलाइनबाट ठग्ने ३१ जना पक्राउ

टेलिकम तथा अनलाइन ठगीमा संलग्न शंकास्पद ३१ जनालाई चीनको जियाङ्सु प्रान्तको हुइनान नगरबाट प्रहरीले पक्राउ गरेको छ । यी व्यक्तिले करिव १ लाख ३० हजार अमेरिकी डलर बराबरको ठगी गरेको प्रहरीको आशंका छ ।

गत जुलाईमा एक जना लिउ नाम बताउने व्यक्तिले स्थानीय प्रहरीसमक्ष अनलाइनमा भेटिएकी एक किशोरीमार्फत आफू ठगिएको उजुरी गरेका थिए । लिउले ती किशोरीसँग १२ दिनसम्म अनलाइन कुराकानी गरेको बताएका थिए । ती किशोरीको आग्रहमा आफूले एउटा लगानी फर्ममा एक हजार चिनिया मुद्रा युआन पठाएको लिउले बताएका थिए ।

तर, एक साता नपुग्दै उनलाई पाँच हजार युआन कमाएको भनिएको थियो । लिउलाई आफूले कमाएको रकम झिक्न सेवा शुल्क बुझाउन भनियो । तर, सेवा शुल्क बुझाए पनि उनले पैसा पाएनन् र उनकी अनलाइन किशोरी पनि बेपत्ता भइन् ।

विस्तृत अनुसन्धानपश्चात प्रहरीले शेन्जेन र बेइजिङका साथै हेनान र हुबे प्रान्तबाट ३१ जनालाई पक्राउ गरेको हो । किशोरीको नक्कली नाममा पुरुषहरुले नै प्रेममय सम्बन्ध गाँसेको प्रहरीले बताएको छ । त्यसपछि नक्कली फर्ममा लगानी गर्न मानिसहरुलाई उक्साउने गरेको अनुसन्धानमा खुलेको थियो । यस घटनामा आफूहरुले थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर