घटनाको ६ दिनसम्म पनि उनको अनुहार उज्यालो देखिँदैनथ्यो । ओठ कलेंटी परेको थियो । त्यो कालरात्रिले उनीहरुलाई समय–समयमा झस्काइरहन्छ ।
विद्यालय पोसाकमै जिल्ला प्रहरी कार्यालय आइपुगेका जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिका– २, कालीदेवि मावि घर्तीछाप, कुपिन्टारका छात्राहरुले शिक्षकद्वयले गरेको यौन हर्कतको सविस्तार बयान गरे । जिल्ला प्रहरी कार्यालयमा विद्यालयका प्रधानाध्यापकसहित विद्यार्थी र उनका आफन्तहरुको भीढ जुलुसजस्तै देखिन्थ्यो ।
‘अनुसन्धानका लागि पीडित छात्रालाई सेफ हाउस र आरोपित शिक्षकलाई हिरासतमा राखेका छौं’– प्रहरीको भनाइ उद्धृत गर्दै यो खबर मोतिराम तिमल्सिनाको बाइलाइनमा बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।