यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले दुई होटल सञ्चालकसहित सात जनालाई पक्राउ गरेको छ ।
विर्तामोडस्थित नयाँ बसपार्क क्षेत्रमा सञ्चालित न्यूनलाइट होटलका सञ्चालकसहित सात जनालाई बुधबार राति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले जानकारी दिए । पक्राउ परेका सातै जनालाई बिहीबार जिल्ला अदालत झापामा म्याद थप गरी ‘अभद्र व्यवहार’ मा मुद्दा चलाउने तयारी भइरहेको थापाको भनाइ छ ।
पछिल्लो समय बिर्तामोड आसपासमा सञ्चालित होटल तथा लजमा अवैध रूपमा यौनजन्य गतिविधि भइरहेको भन्ने जनगुनासोका आधारमा प्रहरीले छापा मारेको थापाको भनाइ रहेको खबर राससले प्रेषित गरेको छ ।