newskoseli.Com

एकता नसकिँदै ओली–प्रचण्ड टकराव : ‘कि सत्ताको नत्र पार्टीको नेतृत्व देऊ’ !

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकीकरण गर्ने क्रममा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आलोपालोमा सरकारको नेतृत्व गर्ने सहमति भएको तथ्य बाहिर आएसँगै उनीहरुबीच भित्रभित्रै रहेको विवाद अब सार्वजनिक टकरावका रुपमा व्यक्त हुन थालेको छ ।

उतिबेला लिखित सहमति सार्वजनिक नभए पनि पार्टी र सरकार सञ्चालनमा अहिले ओली हावी हुँदै गएपछि असन्तुष्टिस्वरुप सहमतिपत्र बाहिर आएको हो । त्यसो त अध्यक्ष प्रचण्डले यसअघि विभिन्न सार्वजनिक कार्यक्रममा पनि प्रत्यक्ष–अप्रत्यक्ष रुपमा ओली र सरकारप्रति गुनासो र असन्तुष्टि प्रकट गर्दै आएका थिए ।

तर, अहिले यस किसिमको असन्तुष्टि मुखर हुँदै आएको छ, जसका कारण पार्टीको एकीकरण प्रक्रियाले पूर्णता नपाउँदै सत्ता फेरबदलको कुरा उठेको हो । बुधबार बजेट भाषण हुनुअघि नै अध्यक्ष प्रचण्डले एक टेलिभिजन च्यानललाई अन्तर्वार्ता दिँदै कि त पूर्वसहमतिअनुसार केपी ओलीले सहजै आफूलाई सत्ता हस्तान्तरण गर्नुपर्ने नत्र पार्टी नेतृत्वको एकल जिम्मेवारी सुम्पनुपर्ने अन्यथा सोचिएभन्दा दुःखद र भिन्न परिस्थिति आउने चेतावनी स्पष्टै दिएका छन् ।

ओली–प्रचण्ड टकरावसम्बन्धी यो खबर बालकृष्ण अधिकारीटपेन्द्र कार्कीको बाइलाइनमा शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर