newskoseli.Com

क्रिस्चियन धर्म प्रचारकबाट ‘पीएचडी’ लिए प्रधानमन्त्री ओलीले

प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिस्चियन धर्म प्रचारक विश्वविद्यालयको ‘मानार्थ विद्यावारिधि’ उपाधि लिएको तथ्य खुलेको छ ।

शिक्षाका नाममा धर्म प्रचार गर्दै आएको दक्षिण कोरियाको काङ्नाम विश्वविद्यालयले काठमाडौंमा बुधबार प्रधानमन्त्री ओलीलाई ‘मानार्थ विद्यावारिधि’ प्रदान गरेको हो । काङ्नामको धर्म प्रचार गर्ने स्वार्थ थाहा पाएपछि त्रिभुवन विश्वविद्यालयले ‘विशेष आवश्यकता शिक्षा’ (स्पेसल निड्स एजुकेस–एसएनई) मा सो संस्थासँग गर्न गरिएको सहमति तोडेको थियो ।

काङ्नामले एसएनई विषय पठनपाठनका निम्ति सहकार्य गर्ने गरी डेढ दशकअभि त्रिविसित समझदारी (एमओयू) गरेको तर, लगत्तै तोडिएको खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर