newskoseli.Com

ओलीको जवाफ– ‘मेरो सरकार ४–५ दिन मात्रै’ : सत्ताधारी नेकपामा भीषण तरंग

सत्ताधारी नेकपाका एक अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालै एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै आलोपालो सरकार सञ्चालनको सहमति सम्झाएपछि नेकपामा नयाँ र भीषण तरंग फैलिएको छ ।

अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश फर्कनुअघि दिल्लीमै दाहालमाथि प्रतिवादमा व्यंग्य कसे– ‘सरकार वर्ष दिन किन ? अब ५–६ दिन मात्रै चल्छ ।’

वरिष्ठ नेता माधवकुमार नेपालले ओलीको पक्षपोषण गरेका छन् । एक कार्यक्रममा उनले भने– ‘कोही भ्रममा नपरे हुन्छ, ओली नेतृत्वको सरकार ५ वर्षै चल्छ ।’

सत्ताधारी पार्टीभित्र चल्न थालेको भीषण आँधीसम्बन्धी यो खबर रामकृष्ण अधिकारीको बाइलाइनमा शनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर