सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रिया गाउँ तहसम्म नपुग्दै शीर्ष नेताहरुमा महाधिवेशनको रन्को देखिन थालेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बारम्बार एक वर्षभित्र जिल्ला अधिवेशन र त्यसपछि पार्टी महाधिवेशन हुनुपर्ने बताउँदै आएका छन् । सार्वजनिक कार्यक्रममै उनले जिल्ला अधिवेशन एक वर्षभित्र हुनुपर्ने भन्दै कार्यकर्तालाई त्यसका लागि वैचारिक बहस गर्न समेत निर्देशन दिएका छन् ।
अबको एक वर्षभित्र जिल्ला अधिवेशन सकेर केन्द्रीय महाधिवेशनमा केन्द्रित हुने अध्यक्ष दाहालको धारणा र पार्टी अध्यक्षलाई कार्यकारी बनाउने विषय उठ्न थालेपछि शीर्ष तहका नेताहरु महाधिवेशनमार्फत वैचारिक–राजनीतिक रुपमा आफ्नो अवस्था सुदृढ बनाउन लागिपरेका छन् ।
सचिवालय सदस्य ईश्वर पोखरेलले सुरुदेखि नै लगातारजसो अध्यक्ष दाहालको धारणासँग असहमति राखेर सार्वजनिक रुपमै चुनौती दिँदै आएका छन् । पछिल्लो पटक शुक्रबार मात्रै पनि उनले सामाजिक सञ्जालमा लामो ‘स्ट्याटस! लेखेर ‘जनताको बहुदलीय जनवाद’ को कडा पक्षपोषण गर्दै एमाले–माओवादी केन्द्रबीच एकताका क्रममा भएको वैचारिक–राजनीतिक सहमतिलाई ठाडै चुनौती दिएको खबर टपेन्द्र कार्कीको बाइलाइनमा आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।
नेता पोखरेलले फेसबुक पेजमा शुक्रबार लेखेको पोस्ट–