newskoseli.Com

ओली–प्रचण्ड ध्रुवीकरण : पक्ष–विपक्षमा बाँडिए नेताहरु

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पार्टी एकता हुँदाका सहमतिको बलमा प्रधानमन्त्री वा अध्यक्षमध्ये एउटा पूर्ण जिम्मेवारीको पद लिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दबाब बढाएपछि नेकपाका शीर्ष नेताबीच ध्रुवीकरण बढेको छ ।

हालका प्रधानमन्त्री केपी ओलीको साढे दुईवर्षे कार्यकालपछि आफू प्रधानमन्त्री बन्ने वा एकलौटी अध्यक्ष हुने अभिव्यक्ति दाहालले केही दिनअघि दिएपछि नेताहरु पक्ष र विपक्षमा बाँडिएका हुन् ।

समय आएपछि नेतृत्व हस्तान्तरण हुनु पर्नेमा पूर्वमाओवादी केन्द्रभित्र स्पष्ट धारणा छ । पूर्वएमाले समूहमा भने दाहालको अभिव्यक्तिले खैलाबैला नै मच्चिएको छ । पार्टी सचिवालय सदस्य समेत रहेका नेता ईश्वर पोखरेलको भने पार्टीभित्र ‘बहुकेन्द्र’ सिर्जना गर्नु नहुने भनाइ रहेको खबर मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर