newskoseli.Com

सत्ताधारी नेकपामा कार्यविभाजन : अड्कियो केमा ? प्रवक्ता भन्छन्– अब टुंगिन्छ…

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पार्टी एकता प्रक्रिया र कार्यविभाजनलाई पूर्णता दिन उच्चस्तरमा चलेको छलफल निष्कर्ष नजिक पुगेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बसेको पार्टीको सचिवालय बैठकमा केन्द्रीय कमिटीको कार्यविभाजनबारे लामै छलफल चल्यो । खासगरी जिल्ला इन्चार्जहरु तोक्ने विषयमा नेताहरुबीच ‘क्राइटेरिया’ मा कुरा नमिल्दा टुंगिन सकेन । कार्यविभाजनबारे सचिवालय सहमति नजिक पुगेको र बुधबार बस्ने सचिवालय बैठकले टुङ्गो लगाउने बताइएको छ ।

बैठकमा केन्द्रीय सदस्यहरुको कार्यविभाजनबारे छलफल भए पनि टुङ्गो नलागेको र बुधबार पुनः बसेर त्यसलाई टुङ्गो लगाउने सहमति भएको बैठकपछि पत्रकारसँग कुरा गर्दै सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएको खबर सुरेशकुमार यादवको बाइलाइनमा बुधबारको गोरखापत्र दैनिकमा  प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर