newskoseli.Com

जिल्ला इन्चार्ज–सहइन्चार्ज छान्न ओली–नेपालबीच रस्साकस्सी

सत्तारुढ नेकपामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँटको विषयमा फेरि विवाद देखिएको छ ।

ओली–नेपाल असमझदारी प्रदेश पदाधिकारी चयनमा पनि देखिएको थियो । केन्द्रीय सदस्यलाई नै ७७ जिल्लाका इन्चार्ज–सहइन्चार्जको जिम्मेवारी दिन लागिएको छ । त्यससम्बन्धी ‘क्राइटेरिया’ के–कस्तो हुने भन्ने विषयमा उनीहरुबीच विवाद देखापरेको हो ।

नेकपाले भूगोलका ७७ वटै जिल्लाका इन्चार्ज–सहइन्चार्ज चयन गर्ने गरी सचिवालय बैठकमा सोही प्रस्तावमाथि छलफल गरेको थियो । प्रस्तावमा वरिष्ठ नेता नेपालसँग अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले छलफल गरे पनि समझदारी बनेको थिएन ।

दिउँसो बसेको सचिवालय बैठकमा पनि अध्यक्षद्वयले बिहान नेपालसँग गरेको छलफलमा प्रस्तुत प्रस्ताव ‘जस्ताको त्यस्तै’ राखेपछि वरिष्ठ नेता नेपालले कार्यविभाजन गर्दा निश्चित मापदण्ड बनाउनुपर्ने र त्यसमा सहमति बनाउनुपर्ने धारणा राखेपछि मंगलबारको बैठक अनिर्णित भएको र बुधबार फेरि बसेर टुंग्याउने प्रयास जारी नै रहेको खबर रामकृष्ण अधिकारीको बाइलाइनमा बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर