newskoseli.Com

पिच सडक नै बेचिदिए व्यक्तिले, के हेर्दैछ राज्य ?

धुलिखेल नगरपालिका– ४ स्थित सडकको एउटा खण्ड नै व्यक्तिले बेचिदिएका छन् । अरनिको राजमार्गदेखि काठमाडौं विश्वविद्यालय जाने मार्गको तीन आना पिच सडक खण्ड नै व्यक्तिले बेचिदिएका हुन् ।

स्थानीय मालपोत कार्यालयका कर्मचारीको मिलोमतोमा सार्वजनिक पिच सडक बेचिएको प्रस्ट देखिँदा पनि दोषी पक्राउ परेका छैनन् । बिक्रेता तीन जनालाई भने प्रहरीले पक्राउ गरेको छ ।

नक्सामा देखाइएको जग्गा सार्वजनिक सडक रहेको र बिक्रेताले २२ लाख रुपैयाँ ठगेको थाहा पाई क्रेताहरू उजुरी लिएर प्रहरीकहाँ पुगेपछि एक महिलासहित तीन व्यक्ति पक्राउ परेको खबर मोतिराम तिमल्सिनाको बाइलाइनमा बुधबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर