newskoseli.Com

३ इन्जिनियरसहित ९ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा

खेलकुद मैदान निर्माणमा अनियमितता गरेरको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ इन्जिनियरसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मादी गाउँपालिका– ६, कास्कीस्थित शद्धि प्राविमा खेलकुद मैदान निर्माणमा १ लाख ८६ हजार २ सय ७४ रुपैयाँ अनियमिता भएको भन्दै अख्तियारले उनीहरुविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

आयोगले तत्कालीन जिल्ला समन्वय समिति, कास्कीमा कार्यरत भई हाल रुपा गाउँपालिकामा कार्यरत चिप्ली खेलकुद मैदान निर्माण कार्यका साइट इन्चार्ज सबइन्जिनियर ननु राम, तत्कालीन जिल्ला समन्वय समितिमा कार्यरत भई हाल पोखरा लोखनाथ महानगरपालिकामा कार्यरत इन्जिनियर हरिबहादुर बस्नेत, जिल्ला प्राविधिक कार्यालयका प्रमुख जिल्ला इन्जिनियर नारायणप्रसाद बराललगायतविरुद्ध मुद्दा दायर गरेको खबर बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर