newskoseli.Com

३० किलोमिटर पाइप फुटे मेलम्चीका, कसले व्यहोर्ने १६ करोडको क्षति ?

संरचना निर्माण प्रक्रियामा सरकारी निकायबीच समन्वय नहुँदा काठमाडौंमा बिछ्याइएका मेलम्ची खानेपानी आयोजनाको ३० किलोमिटर पाइप फुटेका छन् ।

मेलम्ची खानेपानी आयोजना– २ ले पाइप बिछ्याएपछि भएको सडक विस्तार र ढल खन्ने क्रममा बानेश्वर, कालोपुल, बिजेश्वरी, बल्खुलगायत क्षेत्रमा पाइप फुटेका हुन् ।

३० किलोमिटर पाइप फुट्दा १६ करोड रुपैयाँ बराबरको क्षति भएको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेसप्रसाद खत्रीले बताए । क्षति भएका पाइप हटाएर पुनः नयाँ बिछ्याउँदा थप १६ करोड लाग्ने उनले बताएको खबर दैनिकमा तीर्थराज बस्नेतको बाइलाइनमा शुक्रबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर