सांगीतिक कार्यक्रमका लागि भनी मलेशिया आएका कलाकारसहित ३२ नेपालीलाई अध्यागमनले नियन्त्रणमा लिएको छ ।
‘एसएसओजी धमाका वान’ नामक कार्यक्रममा डाकिएका गायिकाद्वय श्रेया राई र सुनीता थेगिम तथा गायक सुजन आङदम्बेसहित स्थानीय नेपाली कलाकार र आयोजक बिहीबार पक्राउ परेका हुन् ।
उनीहरुमाथि अध्यागमन कानुन उल्लंघन गरेको आरोप लागेको छ । कार्यक्रमस्थल क्वालालम्पुरको कोताराय कम्प्लेक्सबाट पक्राउ गरिएका २० पुरुष र १२ महिलालाई पुत्राजयस्थित अध्यागमनको हिरासतमा राखिएको जानकारी आएको नेपाली दूतावासले जनाएको खबर सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।