newskoseli.Com

वाईसीएल कि युवासंघ ? एकतापछि युवामा बल्झ्यो नाम–विवाद

सत्तारुढ नेकपाको युवा भ्रातृसंगठनमा नाम–विवाद बल्झेको छ । संगठनको औपचारिक एकता भैसकेपछि पनि नाम के राख्ने भनेर दुई समूहबीच मत बाझिएको हो । पूर्वमाओवादी समूह आफ्नो पुरानै नाम वाईसीएल (योङ कम्युनिस्ट लिग) स्थापित गर्न चाहन्छ । पूर्वएमाले समूहले भने युवासंघ नेपालकै नामको निरन्तरतामा अडान राखेको छ ।

युवासंघ नेपाल तत्कालीन एमालेनिकट युवा संगठनको नाम हो । नेकपाका जनवर्गीय संगठनहरूको एकता घोषणा कार्यक्रममा ‘युवासंघ’ नाम नै घोषणा गरिएको थियो । तर, तत्कालीन माओवादीनिकट युवा नेताहरूले सो नाम स्वीकारेका छैनन् ।

‘पार्टी महासचिवले नै यसबारे थप छलफल गरौंला भन्नुभएकाले सर्कुलर नआएसम्म संगठनको नाम आधिकारिक रूपमा टुंगिएको हामीले नमानेका हौं,’ वाईसीएलका पूर्वमहासचिव सुबोधराज श्रीपाइलीले भने– ‘विधान मस्यौदा कार्यदल र पार्टी एकीकरण कार्यदलले युवा संगठन नेपाल र राष्ट्रिय युवा संगठन नेपालमध्ये जुनसुकै नाम राखे पनि उपयुक्त हुने गरी प्रतिवेदन बुझाएका थियौं तर त्यसभन्दा फरक नाम घोषणा भएकाले सर्कुलर नआएसम्म पर्खौं भन्ने हाम्रो आग्रह हो ।’

युवा संगठनको नाम–विवादबारेको यो खबर शुरोजङ्ग पाण्डेको बाइलाइनमा बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर