newskoseli.Com

काठमाडौंमा दुई ‘स्मार्ट पार्किङ’ सुरु : अरू कहाँ–कहाँ बन्दैछन् ?

राजधानी काठमाडौंको अति व्यस्त बजार न्युरोड र दरबारमार्ग क्षेत्रमा आइतबारदेखि ‘स्मार्ट पार्किङ’ सुरु हुने भएको छ । अहिले यसको परीक्षण भइरहेको छ ।

स्मार्ट पार्किङ सुरु भएपछि सधैं पार्किङको समस्या हुने ती स्थानमा किनमेल वा घुमफिरका लागि जानेहरुले भोग्दै आएको पार्किङको समस्या र अस्तव्यस्ततापूर्ण अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ ।

यो क्षेत्रमा जाने सवारीवाहक जोकोहीले अब पार्क केटीएम नामको एप्सबाटै आफ्नो सवारी पार्किङको सुविधा लिन सक्नेछन् । ‘एप्समार्फत् पाइने मोबाइल नम्बरमा फोन गरेपछि ठाउँ तय हुन्छ,’ ह्विल्स ट्रुली योर्स नामक संस्थाका निर्देशक शैलेश कुँवरले भने– ‘तर १५ मिनेटमा पुगेन भने त्यो बुकिङ रद्द हुनेछ ।’

छिट्टै नै अनलाइन बुकिङ र पेमेन्टको सुविधासहित स्मार्ट पार्किङ सुरु हुने जानकारी उनले दिएको खबर चाँदनी हमालको बाइलाइनमा शुक्रबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर