गृह मन्त्रालयले सात वटै प्रदेशका प्रहरी प्रमुख पविर्तन गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट गृहले १९ प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरेको हो ।
गृहद्वारा जारी सूचीअनुसार प्रदेश– १ मा ठाकुर ज्ञवाली, प्रदेश– २ मा प्रद्युम्न कार्की, प्रदेश– ३ मा शेरबहादुर बस्नेत, गण्डकी प्रदेशमा विनोद घिमिरे, प्रदेश– ५ मा सुरेशविक्रम शाह, कर्णाली प्रदेशमा पूर्णचन्द जोशी र सुदूरपश्चिम प्रदेशमा तारिणी लम्साललाई सरुवा गरिएको छ ।
प्रहरी प्रधान कार्यलयको योजना अन्वेषण निर्देशनालयमा केदार रिजाल, भरतपुर तालिम केन्द्रमा हरिभक्त प्रजापति, विशेषमा हरिबहादुर पाल, अख्तियारमा कमल जीसी र महिला, बालबालिका सेवा निर्देशनालयमा पीताम्बर अधिकारीलाई लगिएको छ ।
दानसिंह बोहरालाई प्रहरी प्रशिक्षण प्रतिष्ठान, दीपकुमार थापालाई राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय, विश्वराज पोखरेललाई प्रहरी महानिरीक्षकको निर्देशनालय, महेन्द्रकुमार पोखरेललाई प्रहरी प्रधान कार्यलयको वृत्ति विकास निर्देशनालय, महेशविक्रम शाहलाई राष्ट्रिय सुरक्षा परिषद सचिवालय, सुरज केसीलाई प्रहरी प्रधान कार्यलयको सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय र सूर्यप्रसाद उपाध्यायलाई महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय, गौचरमा सारिएको खबर आइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।









