सिरहाको सहायक सडकसँगै जोडिएको कल्याणपुर नगरपालिका– ९, डुमरी गाउँका १३ घरधुरी ‘दलित’ परिवार हिँड्दै आएको बाटामा लागेको पर्खाल अझै खुलेको छैन ।
दलित वस्ती जोड्ने गाउँ ब्लकमा पर्ने बाटाको मुखैमा छिमेकीले दुई महिनाअघि लगाएको पर्खालका कारण दलित समुदाय समस्यामा परेका छन् ।
बाटोमा लगाइएको पाँच फिट अग्लो इँटा र सिमेन्टको पर्खाल नहटाउँदा आफूहरु समस्यामा परेको स्थानीय जोगी मण्डलले बताएको खबर मणिलाल विश्वकर्माको बाइलाइनमा आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।