newskoseli.Com

१२ युवतीलाई २ महिना बन्धक बनाएर ‘यौन धन्दा’ !

काठमाडौंको एउटा गलैंचा कारखानामा काम गर्दै गर्दा एक जना सामान्य चिनजानकी दिदीले ‘राम्रो कमाइ हुन्छ’ भन्ने प्रलोभन देखाएर १२ जना युवतीलाई झापाको विर्तामोड पुर्‍याइन् ।

मासिक ५० हजार रुपैयाँसम्म कमाउने आशाका साथ युवतीहरु ती महिलाको साथमा बिर्तामोड पुगे । तर, धेरै कमाउने महत्त्वकांक्षाले त्यहाँ पुगेपछि उनीहरुले कमाइको कुरा त परै जाओस् परिवारसँग फोन समेत गर्न पाएनन् ।

होटलको सरसफाई गरेरै खान–बस्न र मासिक १० हजार रुपैयाँभन्दा बढी कमाइ हुन्छ भनेर लगिएका उनीहरुले आफूहरु ‘यौन व्यवसाय’ का लागि फसाइएको कुरा बिर्तामोड पुगेपछि मात्रै थाहा पाए ।

होटल मालिकको हातमा परेपछि पैसा पाउनु त परै जाओस् दुई महिनासम्म दुई छान खान पनि नपाएको पीडित युवतीले बताएको खबर राधा खनालको बाइलाइनमा सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर