newskoseli.Com

उपत्यकामा ‘आन्दोलन’ चर्काउने गुठी विधेयकमा के छ ?

गुठी सञ्चालनमा गुठियारको अधिकार समाप्त पारी कर्मचारीमार्फत गुठी सञ्चालन गर्ने उल्लेख हुनु विधेयकको मुख्य त्रुटि रहेको अभियन्ता राजाराम तण्डुकारले बताए । उनले भने– ‘कतिपय जात्रा, पूजा तथा पर्वमा सम्बन्धित समुदायका सीमित व्यक्ति बाहेक सहभागी हुन नपाउने चलन हुन्छ, यस्तोमा प्रमाणपत्रले मात्र परम्परा जोगिन सक्दैन, सद्भाव बिथोलिने सम्भावना रहन्छ ।’

अहिलेको विधेयक खारेज गर्दै आवश्यक छलफल गरी समयसापेक्ष रूपमा ल्याउनु पर्नेमा अभियन्ताहरूले जोड दिँदै आएका छन् । गुठीको प्रभावकारिता बढाउने किसिमले प्राधिकरणको अवधारण ल्याउन उनीहरूले माग गरेका छन् ।

विधेयक गुठी संरक्षण गर्ने आशयका लागि ल्याएको भए तापनि विधेयकका धेरै बुँदाहरू सरोकारवालाहरूसँग छलफल नै नगरी ल्याउँदा अपूरो र अधूरो हुन पुगेको र समस्या ल्याउने खालको भएको अभियन्ता तथा गुठी संरक्षण पुचः का महासचिव भरत जंगमले बताए । विधेयक फिर्ता गरी सबै विषयमा छलफल गरेर मात्र ल्याउनुपर्ने आवश्यकता उनले औंल्याएको खबर केशवप्रसाद पाण्डेको बाइलाइनमा मंगलबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर