newskoseli.Com

मन्त्री–महाप्रबन्धक विवाद उत्कर्षमा : खानेपानी मन्त्रालय–केयुकेएलबीच केको लफडा ?

खानेपानी मन्त्री विना मगर र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का महाप्रबन्धक महेश भट्टराईबीचको विवाद उत्कर्षमा पुगेको छ । मन्त्रालय स्रोतका अनुसार मन्त्री मगर महाप्रबन्धक भट्टराईसँग निकै असन्तुष्ट छिन् । मन्त्रीको निर्देशन अवज्ञा गरेको भट्टराईमाथि आरोप छ ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक समेत रहेका भट्टराई बेतलबी काजबिदा लिएर चार वर्षका लागि केयुकेएलको व्यवस्थापनमा आएका हुन् । त्रिविले हरेक वर्ष उनको काजबिदा नवीकरण गर्दै आएको थियो ।

तर, माघदेखि भने त्रिविबाट उनको काजबिदा नवीकरण भएको छैन । काजबिदा स्वीकृत नहुनुमा मन्त्रीको हात रहेको भट्टराई पक्षको आरोप छ । त्रिविबाट बिदा नवीकरणको प्रक्रिया अघि बढेको केयुकेएल प्रशासनले जनाएको खबर भुवन शर्माको बाइलाइनमा मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर