newskoseli.Com

‘सञ्चार माध्यमले तपाईं भन्न समेत जान्दैनन्’ : ‘तिमी’ लेखिदिँदा प्रधानमन्त्रीलाई पीडा !

प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार माध्यमहरुमाथि नेपाली भाषा बिगारेर प्रयोग गर्ने गरेको आरोप लगाएका छन् । सिंहदरबारमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले सञ्चार माध्यमका कारण नेपाली भाषाका आदरार्थी शब्द हराउन लागेकामा चिन्ता व्यक्त गरे ।

‘हाम्रो समाज र भाषा शिष्ट छ तर हाम्रा टेलिभिजन र सञ्चार माध्यमहरुले तपाईं भन्न समेत जान्न छाडिसके,’ उनले भने– ‘त्यही कारण तपाईं भन्ने शब्दै हराइसक्यो ।’

भाषा र संस्कृतिको कुरा गर्ने सञ्चार माध्यमहरुले नै भाषाको मर्म र मर्यांदा नबुझेको औंल्याउँदै उनले ‘नेपाली भाषामा त बाउलाई तपाईं नै भन्ने चलन छ’ भन्ने सम्झाए । ‘हाम्रा सञ्चार माध्यमले बाउलाई पनि तिमी, आमालाई पनि तिमी, हजुरबाउलाई पनि तिमी, हजुरआमालाई पनि तिमी– यो त नेपाली भाषा र सम्यताभित्र पर्दैन’– उनले भने ।

कतिपयलाई आफ्नो कुरा मन नपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपाली भाषाको मर्म, मर्यांदा र शिष्टता बुझ्न आग्रह गरे । ‘सबै समान हो भन्ने मात्र पर्ला, कुनै भाषामा लिंग छुट्टिएको हुन्न, कुनै भाषामा आदरार्थी शब्द हुँदैनन्,’ उनले भने– ‘हरेक भाषाको आ–आफ्नै मर्म हुन्छ, हाम्रो भाषाका आफ्नै मर्म र मर्यांदा छन् ।’

स्थापित सञ्चार माध्यमहरुले सामाजिक सञ्जाललाई गुरु र मानक मान्दा नेपाली भाषाको शिष्टता बिर्सन थालेको टिप्पणी प्रधानमन्त्रीले गरेको खबर बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर