newskoseli.Com

साढे ३३ किलो सुन प्रकरण : ५ न्यायाधीशमाथि कारबाहीको सिफारिस

साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा पाँच न्यायाधीशमाथि कारबाहीको सिफारिस गरिएको छ ।

उक्त मुद्दामा न्यायिक विचलन भएको आशंकामा छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा उच्च अदालत विराटनगरका तत्कालीन पाँच न्यायाधीशमाथि कारबाही गर्न सिफारिस गरिएको छ । ‘प्रतिवेदनको पोको खोलियो, अध्ययन गर्दा दुई जनाको अवस्था गम्भीर खालकै छ, तीन जनालाई स्पष्टीकरण सोधेर केही न केही गर्नुपर्ने देखिएको छ,’ परिषदका एक पदाधिकारीले भने– ‘एक जनालाई सचेत पार्नुपर्ने हुन सक्छ ।’

छानविन प्रतिवेदनमाथि छलफलका लागि मंगलबार न्यायपरिषदको बैठक बसेको थियो । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाको निर्देशन अनुरूप पदाधिकारीको बैठक डाकिएको हो । न्यायाधीश छानबिनका लागि न्यायपरिषदले चैत २५ मा सर्वोच्चका न्यायाधीश केदारप्रसाद चालिसेको अध्यक्षतामा न्यायाधीश मीरा खड्का र विश्वम्भरप्रसाद श्रेष्ठ सदस्य रहेको समिति गठन गरेको थियो ।

चालिसे समितिले अघिल्लो साता प्रधान न्यायाधीशसमक्ष प्रतिवेदन बुझाएको खबर यम विरहीको बाइलाइनमा बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर