newskoseli.Com

नेपाल–चीन रेल : बिहीबार चीनमा चौथो बैठक

केरुङ रेलमार्ग निर्माणका विषयमा छलफल गर्न भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्की नेतृत्वको टोली चीन आइपुगेको छ । नेपाली टोली सोमबार चीन आएको हो ।

काठमाडौंबाट छन्दु आएको नेपाली टोली छन्दुबाट चीनको सान्तोङ प्रान्तमा पर्ने पर्यटकीय स्थल छिन्तावो आइपुगेको छ । छिन्तावोबाट बुधबार अपराह्न नेपाली टोली बेइजिङ आइपुग्नेछ ।

शुक्रबार चिनियाँ पक्षसँग द्विपक्षीय बैठक बस्ने पूर्वकार्यतालिकामा केही हेरफेर भएर बिहीबार चिनियाँ पक्षसँग बैठक रहेको बेइजिङस्थित नेपाली दूतावासका मिनिस्टर सुशीलकुमार लम्सालले बताएको खबर चेतनाथ आचार्यको बाइलाइनमा बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर