newskoseli.Com

सेनाले गर्‍यो नेपालमै उत्पादित विष्फोटक पदार्थकाे गुणस्तर परीक्षण

सुनाचुरीबाट उत्पादन हुने विस्फोटक पदार्थको जंगी अड्डाले गुणस्तर मापन गरेको छ । हेटौंडाको सुनाचुरी उद्योगबाट उत्पादित विस्फोटक पदार्थ कमसल भएको केही निजी कम्पनी र ठेकेदारले आरोप लगाउँदै आएका छन् । अड्डाले सुनाचुरी र तीन विदेशी कम्पनीबाट उत्पादित विस्फोटक पदार्थको तुलनात्मक गुणस्तर परीक्षण गरेको हो । सुनाचुरीबाट उत्पादित विस्फोटकको गुणस्तर पानी र जमिन दुवै स्थानमा परीक्षण गरिएको सेनाले जनाएको छ ।

निर्माणाधीन फास्ट ट्र्याकमा पर्ने सिस्नेरीमा वैशाख १९ मा विस्फोटक पदार्थको गुणस्तर मापन गरिएको हो । सेनाले करिव एक साताअघि पानीमुनि (अन्डरवाटर) समेत सुनाचुरीबाट उत्पादित विस्फोटक पदार्थको गुणस्तर मापन गरेको थियो । विस्फोटक पदार्थ उत्पादनमा चाहिने कच्चा पदार्थ सेनाले भारत र चीनबाट ल्याउने गरेको छ ।

सुनाचुरीबाट उत्पादित विस्फोटक पदार्थको सेनाले एक साताअघि त्रिशूलीमा अन्डरवाटर परीक्षण गरेको थियो । परीक्षणमा विस्फोटक पदार्थको गुणस्तर विदेशी कम्पनीका उत्पादन सरहकै पाइएको सैनिक स्रोतले जनाएको छ । सुनाचुरीबाट उत्पादित विस्फोटकको जमिन र अन्डरवाटर परीक्षण गरिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । उनले भने– ‘तीन विदेशी कम्पनीका उत्पादनसँग तुलनात्मक परीक्षण गरिएको थियो । उनीहरूका उत्पादनभन्दा हाम्रो कमजोर छैन ।’

नेपालमै उत्पादित विष्फोटक पदार्थको परीक्षणसम्बन्धी यो खबर शम्भु कट्टेलको बाइलाइनमा बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर