newskoseli.Com

एकै एरियामा युवतीहरूमाथि लगातार ‘सिरिन्ज’ आक्रमण

पछिल्लो डेढ महिनामा काठमाडौंको डल्लु क्षेत्रमा चार युवतीमाथि ‘सिरिन्ज’ आक्रमण भएको छ । एउटा घटना डेढ महिनाअघि भए पनि पछिल्ला केही दिनमा उस्तै प्रकृतिका तीन घटना दोहोरिएका छन् ।

सिरिन्ज आक्रमणमा परेका चार युवती उपचारका लागि आएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले बताए । उनीहरू सबैको कम्मरमा काँटीले खोपेजस्तो प्वाल रहेको र असैह्य पीडा भएपछि उपचार गराउन आएको उनले बताए ।

‘गुडिरहेको मोटरसाइकलबाटै सिरिन्ज आक्रमण भएको पीडितहरू बताउँछन् । सबैको कम्मरकै भागमा प्वाल छ, छालाभित्रसम्म रगत आउने गरी घाउ भएको छ,’ डा. बाँस्तोलाले भने– ‘रातको समयमा घरबाहिर आक्रमणमा परेको उनीहरू बताउँछन् ।’

युवतीहरूलाई सिरिन्ज वा अन्य धातुले प्रहार भएको हो भन्ने कुरा प्रहरी अनुसन्धानबाट अझै यकिन नभएको खबर अर्जुन अधिकारीको बाइलाइनमा बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर