newskoseli.Com

जिप दुर्घटनाको दुःखान्त : भेटिएनन् बेपत्ताहरु, कुश र परालको प्रतिमा बनाई अन्त्येष्टि

सदरमुकाम सिमकोटदेखि आठ कोस टाढा खार्पुनाथ गाउँपालिका– ५ स्थित कैल्याबालु सडकखण्डमा गुडिरहेको जिप कर्णाली नदीमा खस्दा जिपसहित ११ जना यात्रु बेपत्ता भएका थिए ।

असार २ मा भएको सो दुर्घटनामा परी बेपत्ता भएकाहरु तीन दिनसम्म पनि फेला नपरेपछि परिवारजन र आफन्तले बिहीबार पराल र कुशको प्रतिमा बनाई हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरेका छन् । थानकोट, काठमाडौंका राजु श्रेष्ठ र नाम नखुलेका उनका साथी एक जनाबाहेक नौ जनाको अन्त्येष्टि गरिएको हो ।

बेपत्ता भएकाहरु नभेटिए पनि घटनास्थलभन्दा तीन किलोमिटर तल बोक्चुगौंडा नजिकै खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु हमाल शाहीको झोला र चार किलोमिटर तल कारङ खोलामा जिपचालक मणि शाहीको पाइन्ट, जुत्ता र मास्क भेटिएको छ ।

बेपत्ताको खोजीका लागि काठमाडौंको गोताखोर टोली हुम्ला पुगेको छ । गोताखोरले पनि कर्णाली नदीमा केही नभेटेपछि बेपत्ता भएकाहरुका आफन्तजनले पराल र कुसको प्रतिमा बनाई अन्त्येष्टि गरेको खबर जनकबहादुर शाहीको बाइलाइनमा शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर