newskoseli.Com

योगेशलाई ‘मन्त्री बन्न’ प्रधानमन्त्रीको सन्देश : नेकपामा मन्त्री फेर्ने बहस

सत्तारुढ नेकपामा मन्त्रिपरिषद् हेरफेरको बहस सुरु भएको छ । आर्थिक वर्ष ०७६–७७ को बजेट पारित भएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने विकल्पमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीसँग छलफल भएको अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुष्टि गरेका छन् ।

१५ फागुनमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि रिक्त जिम्मेवारी प्रधानमन्त्री ओलीले नै सम्हाल्दै आएका छन् । भिजिट नेपाल, २०२० आयोजना गरिएकाले रिक्त पर्यटन मन्त्रालय सम्हाल्ने मन्त्री नियुक्ति गर्नैपर्ने दबाबमा प्रधानमन्त्री छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले स्थायी समिति सदस्य योगेश भट्टराईलाई पर्यटनमन्त्री बनाउन चाहेका छन् । पर्यटन, सञ्चार या अन्य कुनै विकासे मन्त्रालयमध्ये रोजेर लिन प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङमार्फत भट्टराईलाई सन्देश सुनाएका छन् ।

भट्टराईले भने आफू मन्त्री बन्ने चर्चा र नेतृत्वले बनाउने तयारी गरिरहेको विषयमा केही जानकारी नभएको बताए । ‘मैले त्यसबारेमा केही बुझेको छैन, यस विषयमा मेरो कुनै टिप्पणी छैन’– नेता योगेशले भनेको खबर शुरोजङ्ग पाण्डेको बाइलाइनमा शनिबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर