newskoseli.Com

ईश्वर पोखरेलको ‘भूमिका’ : पूर्वमाओवादी पक्ष ‘सशंकित’ !

गत वर्ष ३ जेठमा एकीकरण सम्पन्न भएलगत्तै असार पहिलो साता बसेको स्थायी समितिको बैठकले मूल राजनीतिक प्रतिवेदन पारित गर्दै भाषिक शुद्धाशुद्धि मिलाएर प्रकाशन गर्ने गरी दुई अध्यक्षलाई जिम्मेवारी दिए पनि सो प्रतिवेदन जारी नभएपछि सत्ताधारी नेकपाभित्र अन्योल देखिएको छ ।

लामो समयसम्म दस्तावेज प्रकाशन नहुनुमा अध्यक्ष केपी शर्मा ओली तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धको भूमिका र सो शब्दबारे असहमत रहेको आशंका पूर्वमाओवादी पक्षले गर्दै आएको छ । ओलीकै बुझाइ र असहमतिअनुसार नेता ईशवर पोखरेलले ‘जबज’ नै पार्टीको कार्यनीति रहेको भन्दै बहस सुरु गरेको भनी पूर्वमाओवादी पक्षले आपत्ति जनाउँदै आएको छ ।

पोखरेलको घोषणापछि अध्यक्ष प्रचण्डले पार्टीको अन्तरिम कार्यदिशा जनताको जनवाद नै रहेको भन्दै नयाँ परिवेशमा अबको कार्यनीति समाजवादउन्मूख हुने बताउँदै आएको खबर शनिबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर