भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल ‘हिन्दू राष्ट्र’ का लागि तयार हुने विश्वास व्यक्त गरेका छन् ।
लखनउस्थित मुख्यमन्त्री कार्यालय (लोकभवन) मा नेपाली पत्रकारहरुको टोलीसँग उनले भने– ‘हरेक देशको पहिचान हुन्छ, विश्वका हिन्दूहरुले नेपाललाई हिन्दू राष्ट्रका रुपमा चिन्छन्, दुनियाँको भावना समेट्न नेपाल तयार हुनेछ ।’
नेपाल हिन्दू राष्ट्र हुँदा विश्वभरका हिन्दूको नेपालसँग भावनात्मक सम्बन्ध हुने र तीन करोड जनसंख्या भएको नेपालले विश्वका सय करोड हिन्दूको तागत प्रयोग गर्न सक्ने मुख्यमन्त्री आदित्यनाथको भनाइ छ ।
हिन्दस् राष्ट्रमार्फत नेपालले धार्मिक पर्यटनलाई विस्तार गर्न सक्नेमा समेत उनले जोड दिएको खबर कमलराज भट्टको बाइलाइनमा आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।