newskoseli.Com

‘निर्मला पन्तको हत्याराको खोजी अझै जारी’ : गृहमन्त्रीको दावी

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले निर्मला पन्तको हत्यारालाई कानुनी कठघरामा ल्याउने प्रयास जारी रहेको बताएका छन् ।

प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको उत्तर दिँदै गृहमन्त्री थापाले अझै पनि अपराधीको नजिक पुगेको भने संकेत भने गरेनन् ।

गत वर्ष साउन १० मा कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । सुन तस्करी रोक्न एअरपोर्टमा तस्करको सञ्जाल तोडिएको पनि दाबी समेत गृहमन्त्रीले गरे ।

‘एअरपोर्टबाट अहिले अवैध सुन आएको छैन’– उनले भनेको खबर मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर