newskoseli.Com

प्रधानमन्त्री ओलीका ३ विकल्प : के–के हुन् ?

प्रधानमन्त्री केपी ओली मन्त्रिपरिषद् पुनर्गठनका विषयमा ‘अलमल’ मा परेका छन् । सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्ने जनगुनासोमा ‘करिव सहमत’ देखिएका प्रधानमन्त्री ओली आफूले नेतृत्व गरेको सरकारको कार्यसम्पादनलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे छलफलमा जुटेको बालुवाटार स्रोतले बतायो ।

केही समययता प्रधानमन्त्री ओली सरकार पुनर्गठनको तयारीमा छन् । तर, पुनर्गठन के आधारमा र कसरी गर्ने भन्नेमा टुंगोमा भने उनी पुगिसकेका छैनन् । उनकै सचिवालयका एक सदस्यका अनुसार यसका लागि प्रधानमन्त्री ओली आफूनिकट नेतासँग आन्तरिक परामर्शमा छन् । ‘प्रधानमन्त्री टुंगोमा पुगिसक्नुभएको त छैन,’ ती सदस्यले भने– ‘तर प्रधानमन्त्रीले तीन विकल्पमा छलफल थाल्नुभएको छ ।’

मन्त्रिमण्डलमा रहेर प्रभावकारी काम देखाउन नसकेका मन्त्रीलाई बिदाइ गरी तिनका ठाउँमा नयाँ नियुक्त गर्ने विकल्पमा प्रधानमन्त्रीले छलफल चलाएका छन् । यस्तै, सबै मन्त्रीलाई एकमुष्ठ बिदाइ गरेर पूरै नयाँ टिम बनाएर अगाडि बढ्ने उनको दोस्रो विकल्प छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मात्र नयाँ मन्त्री नियुक्त गरेर अरू मन्त्रालयहरूमा अहिलेका मन्त्रीहरूबाटै काम चलाउने तेस्रो विकल्पमा पनि उनले निकटस्थहरूसँग परामर्श गरिरहेको खबर रामकृष्ण अधिकारीको बाइलाइनमा बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर