newskoseli.Com

विद्रोहीको आक्रमणमा ८ सुरक्षा अधिकारी मारिए, जिल्ला प्रहरी प्रमुखसहित १६ घाइते

अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको मध्य भागमा रहेको एक जिल्लामा मङ्गलबार राति तालिबान विद्रोही समूहको आक्रमणमा परी कम्तिमा आठ सुरक्षा अधिकारीको मृत्यु हुनुका साथै १६ जना घाइते भएका छन् ।

प्रहरी स्रोतले बुधबार दिएको जानकारी अनुसार गोलरान जिल्लामा तालिबानहरुले मङ्गलबार राति गरेको सो आक्रमणमा परी आठ सुरक्षा अधिकारीको मृत्यु हुनुको साथै जिल्ला प्रहरी प्रमुखलगायत १६ जना घाइते भएका हुन् । प्रान्तीय प्रहरीका प्रवक्ता अब्दुल अहाद वालिजादाले सो कुराको पुष्टि गरेका छन् ।

आक्रमणपछि सुरक्षाबल र तालिबान लडाकुबीचको बुधबारसम्म पनि झडप जारी रहेको वालिजादाले बताएका छन् । तर, प्रहरी स्रोतले तालिबान लडाकुतर्फ कुनै क्षति भएको विवरण दिन सकेको छैन । तालिबान लडाकु समूहले पनि यस आक्रमण र त्यसपछिको झडपबारे कुनै टिप्पणी गरेका छैनन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर