newskoseli.Com

कम्युनिस्ट पार्टीका ९ करोड सदस्य, ८० प्रतिशत ३५ वर्ष मुनिका

चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यहरुको संख्या ९ करोड नाघेको सो पार्टीको संगठन विभागले जनाएको छ ।

पार्टी स्थापनाको ९८ वर्ष पुगेको अवसरमा सार्वजनिक गरिएको विवरणमा सन् २०१८ को अन्त्यसम्ममा ४६ लाख प्रारम्भिक कमिटी सदस्य रहेको उल्लेख छ । सन् २०१७ को तुलनामा पार्टीका सदस्य १० लाख वृद्धि भएको छ । सन् २०१८ मा चिनियाँ कम्युनिस्ट पार्टीमा २० लाख नयाँ सदस्य थप गरिएको सो पार्टीले जनाएको छ, जुन अघिल्लो वर्षको भन्दा ३९ हजार बढी हो ।

पार्टीको सदस्यता प्राप्त गर्नेहरुमध्ये करिव ४५ प्रतिशत नयाँ सदस्यले उच्च अध्ययन गरेका छन् । ८० प्रतिशतभन्दा बढी सदस्यहरु ३५ वर्ष वा सोभन्दा कम उमेरका रहेका छन् । सन् १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भएको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर