newskoseli.Com

यस्तो पनि बिहे : २ अर्ब भारु खर्च, ३ सय क्विन्टल फोहोर विसर्जन !

भारतको उत्तराखण्डस्थित अउली नगरमा एक वैवाहिक कार्यक्रमका क्रममा थुप्रिएको करिव तीन सय क्विन्टल फोहोर विसर्जन गरिएको छ । नगर निगमका अधिकारीहरुका अनुसार दक्षिण अफ्रिकाका एक व्यापारीका दुई छोराको बिहेका कारण त्यस्तो फोहोर थुप्रिएको थियो ।

बिहेका कारण दुर्गन्धित भएको इलाका पूरै सफा गरिएको जोशीमठ नगर निगमका सफाई कर्मचारी अनिल कुमारले जानकारी दिए । गुप्ता परिवारको विवाह समारोह जुन १८ देखि २२ तारिखसम्म भएको थियो । सफाईका लागि नगर निगमलाई ५४ हजार भारु भुक्तानी गरिएको गुप्ता परिवारका सदस्य अजय गुप्ताले बताए । निकै भव्य रुपमा गरिएको यस विवाह कार्यक्रममा करिव दुई अर्ब भारु खर्च भएको बताइएको छ ।

नगरका विभिन्न स्थानमा छरिएको फोहोर सफा गर्न २० जना सफाई कर्मचारी खटाएको नगर निगमले जनाएको छ । उत्तराखण्ड उच्च अदालतले पनि सो फोहोरका कारण उत्पन्न समस्याका बारेमा प्रतिवेदन बुझाउन जिल्ला प्रशासनलाई आदेश दिएको छ । विवाह समारोहमा मुख्यमन्त्रीहरु, नायिका कट्रिना कैफ, योगगुरु रामदेव समेतका विशिष्ट पाहुनाहरु सहभागी भएका थिए । विवाह कार्यक्रमकै अवसरमा रामदेवले दुईघन्टे योगशिविर समेत सञ्चालन गरेका थिए । विवाहमा सहभागी हुने अतिथिहरुका लागि हेलिकप्टरको समेत व्यवस्था गरिएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर