newskoseli.Com

वेस्टइन्डिजमाथि श्रीलंकाको रोचक जित

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सोमबार राति भएको खेलमा श्रीलंकाले वेस्टइन्डिजमाथि २३ रनको रोचक जित निकालेको छ । यस जितसँगै श्रीलंकाले सेमिफाइनलमा पुग्ने सम्भावना जीवित राखेको छ ।

आठ खेलबाट आठ नै अंक बनाएको श्रीलंका तालिकाको छैटौं स्थानमा उक्लिएको छ । एक खेल खेल्न बाँकी रहेको श्रीलंकालाई अब अगाडि बढ्न अन्तिम जितसँगै अन्य टोलीको नतिजाले पनि प्रभाव पार्नेछ । वेस्टइन्डिज यसअघि नै बाहिरिएको छ ।

श्रीलंकाले दिएको ३ सय ३९ रनको विजय लक्ष्य पाएको वेस्टइन्डिज निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १५ रनमा समेटिएको थियो । वेस्टइन्डिजका लागि निकोलस पुरनले शतकीय पाली खेले । पुरनले १ सय १८ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । फावियन एलनले ५१ रनको अर्द्धशतकीय पाली खेले । क्रिस गेलले ३५, सिमरोन हेटमेयरले २९ र कप्तान जासन होल्डरले २६ रन बनाए । श्रीलंकाका लासिथ मालिङ्गाले ३ विकेट लिए । कसुन राजिथा, जेफरी भान्डर्से र एन्जेलो म्याथ्युजले एक–एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ३८ रन बनाएको थियो । श्रीलंकाका लागि अभिसका फर्डान्डोले शतकीय पाली खेले । उनले १ सय ४ रन बनाए । फर्नान्डोको एकदिवसीय क्रिकेटम यो पहिलो शतक हो । कुशल परेरा र दिमुथ करुनारत्नेले ९३ रनको साझेदारी गरे ।

परेराले ६४ र करुनारत्नेले ३२ बनाए । लाहिरु थिरिमानेले अविजित ४५, कुशल मेन्डिसले ३९ र एन्जेलो म्याथ्युजले २६ रनको योगदान गरे । वेस्ट इन्डिजका जासन होल्डरले २ विकेट लिए । सेल्डन कट्रेल, ओसेन थोमस र फाबियन एलनले एक–एक विकेट लिएको खबर मंगलबारका पत्रपत्रिकामा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर