newskoseli.Com

वायुसेवा निगमप्रति प्रधानमन्त्रीको तीव्र आक्रोश : ‘यो निःशुल्क स्वास्थ्य शिविर होइन, सरकारले आँखा चिम्लेर काँध थाप्दैन’

३७ अर्ब ऋणमा रहेको नेपाल वायुसेवा निगमलाई सरकारले ऋण तिरिदिएर ‘अब नउकास्ने’ प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

पर्यटन मन्त्रालय समेतको जिम्मेवारी लिइरहेको प्रधानमन्त्री ओलीले निगमको ६१औं वार्षिकोत्सवका अवसरमा सोमबार राधानीमा आयोजित समारोहमा बोल्दै आफ्नै पहलमा बनेको निगमको नेतृत्वप्रति समेत तीव्र आक्रोश व्यक्त गरे ।

जहाज खरिद गर्दा जमानी बसेको सरकारले ऋण तिर्ने बेला आँखा चिम्लेर काँध नथाप्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने– ‘साग बेच्नेले ट्याक्स तिर्छ, किसानले रुखबारीको तिरो तिर्छ, त्यो पैसा उठाउँदै वायुसेवा निगमको ऋण तिर्नुपर्ने ? वायुसेवा भनेको दान, पुण्य र समाजसेवा होइन, व्यापार हो । निःशुल्क स्वास्थ शिविर राखेजस्तो नराख्नू, आफूलाई टिकाउन आम्दानी गर्नुपर्छ ।’

पर्यटनमार्फत देशकै अर्थतन्त्रमा योगदान पु¥याउने संस्था निगम भएको सम्झाउँदै ओलीले भने– ‘सरकार काँध थाप्छ तर आँखा चिम्लेर थाप्दैन, यसको व्यवस्थापन र सञ्चालन उपयुक्त ढंगले हुुनपर्छ ।’ निगमका बेथितिप्रति प्रधानमन्त्रीको आक्रोशसम्बन्धी यो खबर सुरज कुँवरको बाइलाइनमा मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर