newskoseli.Com

एनआरएन अष्ट्रेलियाको उपसंयोजकमा चुन्ना क्षेत्रीको उम्मेदवारी : यस्ता छन् एजेन्डा र प्रतिबद्धता

६ जुलाई, २०१९ मा हुन गैरहेको गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको निर्वाचनमा न्यु साउथ वेल्स राज्यको उपसंयोजक पदमा चुन्ना क्षेत्रीले उम्मेदवारी दिएका छन् । सन् २००७ मा त्रिभुवन विश्वविद्यालयबाट व्यापारशास्त्रमा स्नातकोत्तर सकेलगत्तै २००८ मा अष्ट्रेलिया आएका क्षेत्री २०११ देखि गैरआवासीय नेपाली संघको अभियानमा प्रत्यक्ष रुपमा सहभागी रहँदै आएका छन् ।

विगत ४ वर्षदेखि रुपन्देही सामाजिक सञ्जालमा सक्रिय रुपमा सहभागी भएर काम गर्दै आएका उनी अष्ट्रेलियामै बसेर पनि नेपालमा समेत सामाजिक सेवाका विभिन्न काममा सक्रिय छन् । क्षेत्री गत वर्ष मात्र स्थापन भएको सामाजिक संस्था ‘साउथ वेस्ट नेपाली समाज’ मा समेत आबद्ध भएर काम गर्दै आएका छन् । भ्याएसम्म जुनसुकैखाले सामाजिक सेवाका काममा सहभागी हुने उनले सक्दो सहयोग पनि गर्दै आएका छन् ।

के–के छन् त क्षेत्रीका चुनावी एजेन्डा ?

१. अष्ट्रेलियामा रहेका दोस्रो पुस्ताका नेपाली बालबालिकाहरुमा नेपाली भाषा र संस्कृतिप्रति आभिरुचि जगाउन विभिन्न कार्यक्रमहरु गर्ने र यस्ता कार्यक्रम सञ्चालन गरिरहेका संस्थाहरुसँग समन्वय गर्दै अधिकतम सहयोग गर्ने ।

२. दोस्रो पुस्ताका नेपाली युवाहरुमा युवा फोरममार्फत विभिन्न खेलकुद, गीत–संगीतलगायत उनीहरुमा भएका प्रतिभा पहिचान गर्ने कार्यक्रमहरु गर्ने र यस्ता कार्यक्रम सञ्चालन गरिरहेका संस्थाहरुसँग समन्वय गर्दै अधिकतम सहयोग गर्ने ।

३. अष्ट्रेलियामा आउने नवआगन्तुक विद्यार्थीहरुलाई परामर्श दिने कार्यक्रमहरु, जस्तै– यहाँको जीवनशैलीदेखि नियम–कानन, स्वास्थ र सुरक्षसम्बन्धी जागरूकता, सम्भावित गलत बाटोमा जानबाट रोक्नेबारेमा सचेतना दिने कार्यक्रमहरु सञ्चालन गर्ने, जसले गर्दा यहाँ हुने दुर्घटनामा रोक्नुको साथै उनीहरुका लागि सही दिशानिर्देश हुन सक्दछ ।

४. अष्ट्रेलियामा रहेका दिदीबहिनीका मुद्दाहरुलाई नारी निकुञ्जमार्फत उनीहरुकै सहभागितामा समाधान गर्न सहयोग गर्ने ।

५. अष्ट्रेलियामा आउने अभिभावकलाई पनि यहाँका नियम–कानुन, स्वास्थ्य तथा सुरक्षा र इन्सुरेन्ससम्बन्धी जागरूकता अभिवृद्धि गराउनुका साथै यसको महत्त्वलाई जोड दिने कार्यक्रमहरु गर्ने ।

६. न्यु साउथ वेल्स राज्यमा रहेको नेपाली समाजको विविधतालाई संरक्षण गर्ने

७. मूलप्रवाहको अष्ट्रेलियायी समाजसँगको सहकार्यलाई अघि बढाउने, आदि ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर