newskoseli.Com

सिंहदरबारभित्रै पूर्वसांसदको एनजीओ, सचिवालयको भवनमै कार्यालय !

जननिर्वाचित सांसदलाई ‘खबरदारी’ गर्न भन्दै पूर्वसांसदहरूले सिंहदरबारभित्रै गैरसरकारी संस्था (एनजीओ) चलाएका छन् ।

कार्यालय स्थापना गर्न सित्तैमा फ्ल्याट उपलब्ध गराइएको एनजीओलाई सरकारले वार्षिक बजेट समेत दिँदै आएको छ । पिउने पानीदेखि कार्यालयमा आवश्यक फर्निचर र कर्मचारी समेत संसद् सचिवालयले नै व्यवस्था गरिदिएको छ ।

पूर्वसभामुख तारानाथ रानाभाटको पालादेखि ‘पूर्वसांसद मञ्च, नेपाल’ नामक एनजीओ सिंहदरबारभित्रै अड्डा जमाएर बसेकामा तत्कालीन संविधानसभाका सदस्यहरूले फेरि अर्को एनजीओ सुरु गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘संविधानसभा सदस्य परिषद्, नेपाल’ नामको एनजीओ दर्ता गरेर संघीय संसद् सचिवालयको भवनमा कार्यालय स्थापना गरेका हुन् ।

तत्कालीन माओवादी केन्द्रको संसदीय दलको कार्यालय रहेको संसद् सचिवालयको भवन नम्बर– २ को तेस्रो तलामा परिषदको बोर्ड झुन्ड्याइएको छ । कार्यालयका लागि हाल तीन वटा कोठा प्राप्त भएको परिषदका संयोजक अनन्तप्रसाद पौडेलले बताए ।

पूर्वसभामुख समेत रहेका सत्तारुढ नेकपाको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ संरक्षक र दोस्रो संविधानसभाकी सभामुख ओनसरी घर्ती सल्लाहकार रहेको परिषदको सहसंयोजकमा ईश्वरी सुवेदी, महासचिवमा ऋषिकेश पोखरेल, सचिवमा डोरप्रसाद उपाध्याय र कोषाध्यक्षमा सीता गुरुङ रहेको खबर कृष्ण कट्टेलको बाइलाइनमा शुक्रबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर